कास्कीको माछापुच्छ्रेमा भालुको आक्रमणबाट थापामगर घाइते
पाेखरा | बैशाख ९, २०८०
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ प्रुन्धुमा भालुले आक्रमण गर्दा गुञ्जबहादुर थापामगर घाइते भएका छन् ।
आज बिहान घाँस काट्न जंगल जाने क्रममा ५९ वर्षीय थापामगरलाई भालुले आक्रमण गर्दा घाइते भएको माछापुच्छ्रे गाउँपालिका-९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए ।
घाइते थापामगरको अहिले पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष क्षेत्रीले बताए । घाइते थापामगरको टाउको, अनुहार, हात र गुप्ताङ वरिपरि चोट लागेको छ ।
भालुले आक्रमण गरेर घाइते बनाएको अवस्थामा स्थानीय शुसिल क्षेत्रीले देखेपछि जंगलबाट गाउँसम्म उद्धार गरेर ल्याएपछि उपचारका लागि पोखराको ल्याइएको हो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

